काभ्रे,
व्यवसाय दर्ताका लागि मण्डनदेउपुर नगरपालिकाले आगामी फागुन दोस्रो साताबाट घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र रहेका होटल, पसल, फर्म, निर्माण कार्य जस्ता व्यवसायहरुलाई करको दायरामा आवद्व गराउदै व्यवसायीहरुलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले घुम्ति शिविर सञ्चालन गर्न लागिएको हो नगरपालिकाले शिविरको टोली आइपुग्दा आफ्नो व्यवसायसँग सम्बन्धित कागजपत्र तयार गरी व्यवसाय दर्ता र नविकरण गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत खड्काले आफ्नो व्यवसायसँग सम्बन्धित सेवा घरदैलोमै प्राप्त गर्ने अवसरको रुपमा शिविरलाई लिन आग्रह गर्नुभयो । । शिविरमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको टोली जाने छन् ।