रोशी सहकर्मी–भदौ २४,
२०७७, रामेछाप/

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा रामेछापमा वीपीको शालिकमा माल्यार्पण गरिएको छ । बुधबार गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापले कोरोना भाइरसको संक्रमण र जोखिमका कारण भौतिक दूरी पालन गरी मन्थलीस्थित वीपीको शालिकमा माल्यार्पण गरिएको हो । फाउन्डेसन्ले बिहानै शालिक वरिपरी सरसफाई गरि महादिवेशन प्रतिनीधि कृष्ण महतले माल्याअर्पण गर्नुभएको थियो ।

नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती बुधबारदेखी ३ दिनसम्म भर्चुअल कार्यक्रम गरी मनाउदै छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो । उनको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो।

Facebook Comments Box