रोश सहकर्मी–भदौ २४,
२०७७,काभ्रे/

बेथान्चोक गाउँपालिकाले अपरिचित ब्यक्तिलाई पालिका प्रबेशमा पूर्ण रुपमा रोक लागाएको छ । बेथान्चोक गाउँपालिका कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तोे निर्णय गरेको हो । योसँगै बैठकले गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सबै सेवाहरु वन्द गर्ने निर्णय गरेको छ ।

जिल्लामा कोरोना भाइरसका संक्रमितको दर बढ्दैँ गएको र पालिकामा समेत देखा परेकाले भदौ मसान्त सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको पालिका अध्यक्ष प्रेमबहादुर तिल्सिनाले जानकारी दिनुभयो । यसैगरी पालिकाले खाद्यान्न पसल खोल्ने समय समेत तोकेको छ ।

खाद्यान्न पसल विहान ७ बजे देखी ९ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म मात्र खाल्न पाईने पाईने भएको छ भने पालिका भित्रका सम्पुर्ण होटलहरु अर्को सूचना प्रकाशित नभए सम्मको लागि बन्द गरिएको छ ।

Facebook Comments Box