रोशी सहकर्मी–साउन २५,
२०७७,काभ्रे/

काभ्रेको बेथानचोक गाँउपालिका वडा नं २ मा रहेको ढुंखर्क स्वास्थ्य चौकी बन्द गरीएको छ । गाउँपालिका अध्यक्ष प्रेम बाहादुर तिमल्सीनाका अनुसार गाउँपालिकाले अर्को सुचना प्रकाशन नभए सम्ममा लागी सबै सेवारु बन्द गर्ने निर्णय गरेको छ ।

गत साउन २३ गते स्वास्थ्य चौकीको क्वारेन्टाईनमा बसेकी २१ वर्षीय युवतीले आत्महत्या गरको विषयमा आक्रसीत बनेका आफन्तले स्वास्थ्यकर्मी माथी हात पात र स्वास्थ्य चौकी तोडफोड गरेपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष तिमल्सीनाले जानकारी दिए ।
स्थानीयहरुले गाँउपालिका अध्यक्षको घरमा तोडफोड गरेका थिए भने स्वास्थ्य चौकीको औषधी, फर्नीचर, मोटरसाईकल लगायतका समानहरु समेत तोडफोड गरेका थिए ।

स्थानीयको तोडफोडबाट स्वास्थ्य चौकी तथा क्वारेन्टाईन स्थल क्षति पुगेकाले सेवा बन्द गर्ने निर्णय गरिएको गाँउपालिकाका अध्यक्ष तिमल्सीनाले बताए । दुवाईबाट फर्किएकी महिलाले क्वारेन्टाईनमा नै आत्महत्या गरेपछि आफन्त र स्थानीयहरुले स्वास्थ्य चौकी तोडफोड तथा स्वास्थ्यकर्मी माथि समेत आक्रमण गरेका थिए । जसका कारण दुई स्वास्थ्य कर्मी घाईते भएका छन् ।
स्वास्थ्य चौकी बन्द भए पनि प्रसुती सेवाका लागि भने गाँउपालिकाले एम्बुलेन्स संञ्चालन गर्ने गाँउपालिकाका अध्यक्ष तिमल्सीनाले जानकारी दिए ।

Facebook Comments