यश कुमार परियार–साउन २६,
२०७७,काभ्रे/

काभ्रेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना देखिनेमा संघिय प्रहरी इकाई कार्यालय बनेपा जनागालका ३, जिल्ला प्रहरी कार्यलय काभ्रेका १ र भुम्लु गाउँपालिका वडा नं ६ का १ जना रहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । उनिहरु क्रमशः २५, २८, ३४, ३४ र १९ वर्ष उमेरका रहेका छन् ।

यस अघि संघिय प्रहरी इकाई कार्यालय जनागालमा ७ जना प्रहरीमा कोरोना देखिए पछि हिजो (आईतबार) शिल गरिएको थियो । यस सँगै कार्यलयका संक्रमित प्रहरीको संख्या १० पुगेको छ । आज कोरोना पोजेटिभ हुने संघिय प्रहरी ईकाईका ३ प्रहरी क्वारेन्टाईनमा बस्दै आएका थिए भने जिल्ला प्रहरी कार्यलयका संक्रमित प्रहरी पनि धुलिखेलको सञ्जीवनी क्वारेनटाईनमा बस्दै आएका थिए ।

यसैगरी भुम्लु गाउँपालिका वडा नं ६ का पुरुष भने काठमाण्डौमा बस्दै आएका थिए । उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने अन्य संक्रमितलाई पनि धुलिखेल अस्पतालमा लाने तयारी भईरहेको डा. झाले जानकारी दिए ।

Facebook Comments