यश कुमार परियार–साउन २६,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले गाउँ प्रहरी पदको लागी आवेदन माग गरेको छ । गाउँपालिकाले आज विज्ञापन जारी गर्दै तिन पदको लागी विज्ञापन खुल्ला गरेको हो । गाउँपालिकाको यस अघि बसेको कार्यपालिका बैठकले गाउँ प्रहरी राख्ने निर्णय भएसँगै विज्ञापन खुल्ला गरेको हो ।

गाउँपालिकाले गाउँ प्रहरी कमाण्ड (पुरुष) १, गाउँ प्रहरी सह–कमाण्डर १ र गाउँ प्रहरी जवान १ जना गरी ३ पदमा आवेदन माग गरेको छ । गाउँपालिकाले खुल्ला प्रतियोगिताको माध्यमबाट आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्मको लागि करार सेवामा नियुक्त गर्नेछ । आवेदन दिने व्यक्ति १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । कमाण्डरको लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह र सह–कमाण्डर र जवानको हकमा कम्तिमा एस.एल.सी. वा सो सरह उत्तिर्ण गरी शारिरीक तन्दुस्त हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

त्यसैगरी कमाण्डरको हकमा अवकास प्राप्त प्रहरी सहायक निरिक्षक वा नेपाली सेनाको जमदार वा सो सरहको नेपाल सरकारको सुरक्षा निकायमा कम्तिमा ३ वर्षको काम गरेको र मोटरसाईकलको लाईसेनस प्राप्त गरेको हुनुपर्ने छ । ईच्छुक उम्मेदवारले २०७७ साल भदौ ८ गते भित्र आवेदन दिईसक्नुपर्ने विज्ञापनमा उल्लेख गरीएको छ ।

Facebook Comments