काभ्रे,
रोशी गाउँपालिकाको अधेँरी खोलामा पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न गाउँपालिकाले बजेट विनियोजना गरेको छ । डिपिआर तयार गर्न इन्जिनियरहरुको टोली पुल निर्माण स्थल अधेँरी खोलामा सर्वेका लागि पुगेका छन् ।
डिपिआर तयार भएपछि पुल निर्माणको काम अघि बढ्ने गाउँपालिकाले जनाएको छ । पुल निर्माण भएपछि अधेँरी खोला भएर आवात जावात गर्ने वडा नं १, २, ३ का राजबृक्ष, कोलचौर, बान्द्रे पिपलका सर्वसारधणलाई यात्रामा सहज हुने छ ।