रोशी सहकर्मी–साउन २६,
२०७७,काभ्रे/

काभ्रेको नमोबुद्ध नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोली अर्थात श्रावण २७ गते सार्वजनिक विदा दिएको छ । प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले आज एक सुचना जारी गर्दै नमोबुद्ध नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण वडा कार्यलयहरु, स्वास्थ्य संस्थाहरु बन्द हुने जानकारी दिएका छन् ।

साथै विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरोना भाईरस् (कोभिड –१९) को बढ्दो संक्रमणलाई मध्यनजर गरी यस वर्ष नमोबुद्ध नगरपालिकाको विभिन्न क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा निकालिने जात्रा र नवदुर्गा नाच लगाएत खुल्ला रुपमा सार्वजनिक स्थानहरुमा गरिने कार्यक्रममा भेला, जमघट नगरी आ–आफ्नो घर परिवारको सदस्यहरुले एक अर्का सँग सामाजिक तथा भौतिक दुरी कायम गरी स्वास्थ्यका सम्पूर्ण सावधानी अपनाई मनाउन सबै नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।

Facebook Comments