अशोक बुद्ध लामा–साउन २८,
२०७७,काभ्रे/

काभ्रे जिल्लाकै गौरवपूर्ण आयोजनाको रुपमा हेरिएको पुन्यमाता नदी करिडोर निर्माणको शिलान्यास भएको छ । आज एक कार्यक्रमका बिच नेपाल सरकारका पुर्व संचार तथा सुचना मन्त्री गोकुल बस्कोटाले करिडोर निर्माणको शिलान्यास गरे सँगै निर्माणकार्य सुचारु भएको हो । जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता नदी करिडोर निर्माणको निमित्त १५ करोड विनियोजन भएको छ ।

शिलान्यास पछि बोल्दै पुर्व मन्त्रि बाँस्कोटाले १८ बर्ष अगाडि देखेको सपना अहिले पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरे । उनले विकासको परम्परागत मोडेल परिवर्तन गर्नुपर्ने बताउँदै विकास भनेको बाटो खन्नु मात्रै होइन सकारात्मक परिवर्तन नै बिकास हो र बिकास गर्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरी शिल्यान्यास कार्यक्रममा प्रतिनिधी सभा सांसद गंगा बहादुर दोङले काभ्रे जिल्लामा ठुला आयोजनाहरु थलनि भएकोमा खुसि व्यक्त गरे । उनले बनेपा, धुलिखेल र पनौती ३ वटा नगरपालिका गाभेर उपमहानगरपालिका बनाउनुपर्ने जिकिर गरेका छन् ।

यस्तै बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले निर्वाचनमा दिएको वाचाहरु पूरा गर्दै गएको बताउँदै चाँडै बनेपाको अव्यवस्थीत फोहोरमैलालाई व्यवस्थापन गर्ने बताए । घरमा बसेर होइन बाहिर हेरेर विकास भएको छ कि छैन भनेर हेर्नुपर्ने उनको भनाई थियो । भारतले अतिक्रमण गरेको नेपाली भुमि कालापानी, लिम्पियाघुरा लिपुलेक नेपालकै भएको भन्दै मेयर वादे रोष्टममा रोएका थिए ।

कार्यक्रममा वगमती प्रदेश संसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय प्रमुख उद्धब केसी, धुलिखेल नगरपालिका प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, सहरी विकास मन्त्रालयका सचिव, तिनवटै नगरपालिकाका उप प्रमुख, वडा अध्यक्षहरुले मन्तव्य राखेको थिए ।

Facebook Comments