अशोक बुद्ध लामा- कार्तिक २५,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रमको छैठौँ दिन आज (सोमबार) वडा नम्बर ७ मा २२ जनाले लिएका छन् । रोशी गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा वडा नम्बर १२ देखि शुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज (सोमबार) ७ नं वडाको वडा कार्यलयमा वितरण गरिएको थियो । रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा रोशी गाँउपालीका अध्यक्ष डि.बि. लामले संयुक्त रुपमा कुल २२ जना मध्ये क वर्गका ५ जना, ख वर्गका ५ जना, ग वर्गका ७ जना र घ वर्गका ४ जनामा परिचय पत्र बितरण गरेका हुन् । त्यस्तै भोलि २६ गते वडा नं ६ सुगुरेडाँडामा अपाङ्गता परिचय वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् ।

Facebook Comments