यश कुमार परियार–भदौ ७,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ११ मा शनिबार राती ११ बजे एम्बुलेन्स आयो र एक युवकलाई लिएर गयो । उनि थिए धुलिखेल अस्पतालको चमेना गृह (क्यान्टीन) का कर्मचरी जो शुक्रबार गाउँ गएका थिए । स्वाब दिएर क्वारेन्टाईनमा बसेका उनि परिक्षणको रिपोर्ट नै नआई उनि शुक्रबार गाउँ पुगे । गाउँ पुगेर उनले आफ्नो परिक्षण रिपोर्ट नेगेटिभ आईसकेको र कोरोना नभएको भनि सबैलाई सुनाए ।

भोलीपल्ट शनिबार नजिकैको पसलमा स्वाव दिएर गाउँ गएका पुरुष सहित अन्य व्यक्तिहरु जम्मा भए र ति युवक सहित अन्य व्यक्तिहरु तास खेलेका थिए ।

एकाएक सोहि दिन शनिबार साँझ काभ्रे जिल्लामा ३५ जनामा कोरोना देखियो । कोरोना भाईरसको संक्रमण पुष्टि हुनेमा ति युवक पनि थिए । उनि सावीक वडा नं ८ स्यामपाटी डाँडाकटेरीका हुन् । वडा सचिव शंकर भट्टराईका अनुसार उनलाई राती एम्बुलेन्स मार्फत अस्पताल पुर्याईएको थियो । उनि भन्छन् ‘स्वाब दिएर क्वारेन्टाईनमा बसेका युवक गाउँमा पुग्नु अस्पतालको लापरवाहि हो ।’

अहिले सो युवकको घर वरीपरी २ किलो मिटर सम्म १ सय १० घर सिल गरिएको छ । पुर्वमा डाँडाकटेरी खोला सम्म, पश्चिममा एक्ले खोला (धुलिखेल वडा नं १२ को सिमाना) सम्म, उत्तरमा देउराली सम्म र दक्षिणमा डाँडाकटेरी च्यान डाँडा सम्म सिल गरीएको हो ।

गाउँ जानु अघि ति पुरुष पनौतीमा रहेको एक मोटरसाईकल सोरुममा पुगेका थिए । त्याहाँबाट मोटरसाईकल किनेर २ जना सहयोगी लिई ति पुरुष गाउँ गएका थिए ।

संक्रमित युवा सँगै घुलमिल भएका सबैलाई होम क्वारेन्टाईनमा राखिएको छ । ५ दिन पछि स्वाब संकलन गरिने वडा सचिव भट्टराईले बताए । धुलिखेल अस्पतालको लापरवाहिका कारण यो परिस्थित सिर्जना भएको कारण धुलिखेल अस्पताल र नगरको समन्वयमा कोरोना परिक्षण गरिने उनले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट विश्व भर संक्रमण फैलिरहेको छ । नेपालमा पनि यसको प्रकोपले जरा गाडिसकेको अवस्थामा काभ्रे जिल्लामा केहि दिन एता संक्रमितको संख्या बढ्दै गईरहेको छ । शनिबार हिजो मात्रै काभ्रे जिल्लामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । धुलिखेल अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी गरी १२ जना र स्पाईनल ईज्युरी अस्पताल बनेपा भैसीपाटीका २३ जना गरी ३५ जनामा कोरोना पुष्टि भयो । जसमा स्वास्थ्यकर्मी, कर्मचारी र विरामी समेत थिए ।

कोरोना संक्रमण रोकथामको निमित्त जिल्लाका विभिन्न स्थानिय तहहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । जिल्ला प्रशासन कार्यलय काभ्रेले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेकाले सार्वजनिक सवारी साधनमा पुर्ण रोक लगाउने र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय पनि गरिसकेको छ । धुलिखेल अस्पतालले कोभिड–१९ का विरामीको उपचार गर्ने र कोरोना संभावितको स्वाव संकलन गरी कोरोना परिक्षण गर्दै आएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालले मातहतका स्वास्थ्यकर्मी, कर्मचारीहरुको कोरोना परिक्षण गर्न सुरु गरेको थियो । अहिले सम्म धुलिखेल अस्पतालका २६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भईसकेको छ । यस अघि अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पताल र अस्पताल आसपासका क्षेत्र सिल गरिएको छ ।

Facebook Comments