रोशी सहकर्मी–भदौ ७,
२०७७, सिन्धुपाल्चोक /

सिन्धुपाल्चोकमा थप एक साता निषेधाज्ञा जारी हुने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ एक गते देखि जारी निषेधाज्ञा एक सातासम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिनै लाग्दा कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गरिने पनि निर्णय भएको छ ।

Facebook Comments Box