रोशी सहकर्मी–कार्तिक २५
भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालीकामा पव्लिक स्पिकिङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालीकाको हलमा गुगलका वुमन टेक मेकर ग्रुप नामक समुहले नगर भित्र रहेका मा.वि. तहबाट २ जना र उच्च मा.वि. तहका ४ जना गरी १० वटा विधालयबाट ३१ जनाको सहभागीता मा अन्तरक्रिया गरेको हो । जसमा कक्षा ९,१०,११ र १२ कक्षाका छात्रा विधार्थिहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्जन रिजालको संयोजकत्वमा विहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म भएको कार्यक्रममा २ जनाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए । यस अन्तरक्रियाले छात्राहरुमा बोल्ने बानीको बिकाश गराउने र उनिहरुको व्यक्तित्व विकाशमा सहयोग पुर्याउने उदेश्यले यस अन्तरक्रिया कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख रिजालले जानकारी दिए ।

Facebook Comments Box