रोशी सहकर्मी–भदौ ९,
२०७७,भुम्लु/

भुम्लु गाउँपालिकाको वडा नं ८ को सम्पुर्ण क्षेत्र सिल गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ८ मा एक जना कर्मचारीमा कोराना संक्रमण देखिएपछि बाँकी समुदायमा समेत फैलने सक्ने संम्भावना रहेकाले गाउँपालिकाको मिति २०७७ भदौ ९ गते बसेको बैठकको निर्णय अनुसार अर्काे सूचना प्रकाशन नभएसम्म वडा नं ८ को पुरै क्षेत्र सिल गरिएको छ ।

भदौ ९ गते राती १२ बजेदेखि अर्काे सूचना जारी नभएसम्मको लागि पसल व्यवसायहरु नखोल्ने, सवारी साधन नचलाउन,हिडडुल नगर्न अत्यावश्यक काम बाहेक बाहिर नजान अनुरोध गरेको छ ।

यो समयमा स्वास्थ्चौकी तथा स्वास्थ्य प्रयोगशालावाट प्रदान गरिने सबै सेवाहरु बन्द भएको सूचनामा उल्लेख छ ।

Facebook Comments Box