रोशी सहकर्मी–भदौ १०,
२०७७,सिन्धुपाल्चोक/

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउपालिका २ लिदी पहिरो विस्थापितलाई भेटेका छन् । लिदीमा पहिरोबाट विस्थापित भएका १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बासखर्क पुगेर सभामुखले संकटको बेलामा आफ्नो नेतृत्वको परिक्षण हुने बताउनुभयो ।

जनतालाई संकट परेकाको बेलामानै नेतृत्वको परिक्षण हुन्छ तर, कहिलै पनि दुख र संकटको बेलामा साथ नछाड्ने प्रतिबद्धता गर्दछु उहाँले भन्नुभयो । सभामुख सापकोटाविपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क पुग्नुभएको थियो ।

बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण समेत हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments