यश कुमार परियार–भदौ १३,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले आजबाट नगरका बजार क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । आज बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले नगर भित्रको बुच्चाकोट, भकुण्डे, नौविसे र जयमंगलटाल बजार आसपासका क्षेत्रमा स्वास्थ्य सेवा बाहेकका सम्पुर्ण पसल व्यवसायहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

हिजो नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनि बस्दै आएका घर वरपर सिल गरिएको छ । नगरपालिकाले उनको कन्ट्याकमा आएका व्यक्तिहरुको ट्रेसिङ कार्य भईरहेको र सो को प्रतिवेदन नआए सम्म बजार बन्द गरिएको जनाएको छ ।

नगरपालिकाले अर्को सुचना जारी नभए सम्म कृषकमार्फत प्राप्त हुने दुध तथा तरकारी संकलन कार्य, निर्माण सम्बन्धि कार्य, खाद्यान्न, होटल, रेष्टुरा तथा अन्य व्यवसायहरु बन्द गर्न निर्देशन दिएको छ ।

Facebook Comments