काभ्रे,
पाकेटमारीमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेका एक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय विष्णु थापा छन् । लामा काठमाडौंको पेप्सिकोलामा र थापा काठमाडौंकै टोखामा बस्दै आएका थिए ।
उनीहरुलाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरीएको हो । १८ हजार पाकेट मारेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।