यश कुमार परियार–भदौ १९,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाका एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नगरपालिकामा कार्यरत ३० वर्षिय महिला कर्मचारी रहेको नगरपालिकाले जनाएको छ । गत १२ गते नगरापलिकाका एक कर्मचारीमा कोरोना पुष्टि भए पछि कन्ट्याक ट्रेसिङ गरी उनको सम्पर्कमा आएका २१ जनाको स्वाव संकलन गरिएको थियो ।

स्वाव संकलन गरिएका २१ जना मध्ये २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको र १ जना महिला कर्मचारीको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार संक्रमित महिलालाई अहिले मेथिनकोट अस्पतालको आईसोलेसनमा राखिएको छ । संक्रमित पुरुष र महिला बस्दै आएका घरमा यस अघि गरिएको सिल हटाईएको छ र सबैलाई होम क्वारेन्टाईनमा बस्न भनिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिको कन्ट्याक ट्रेसिङको प्रतिवेदन आईसकेकाले विपि राजमार्ग अन्तर्गतका बजार बन्द गरेको भएपनि आजकै मितिबाट खोल्न दिने जनाएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी दैनिक रुपमा बिहान ६ः०० बजे देखि १०ः ०० बजे सम्म र साँझ ४ः०० बजे देखि ७ः०० बजे सम्म मात्रै नेपाल सरकारले तोकेको पसल व्यवसाय खोल्न दिने निर्णय गरेको छ ।

Facebook Comments Box