रोशी सहकर्मी–भदौ २४,
२०७७, सिन्धुपाल्चोक/

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्धारा जारी विज्ञप्तीमा प्रयोग भएको शब्दप्रति नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ । आज विज्ञप्ती मार्फत समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै सञ्चार माध्यमलाई पित पत्रकारीताको संज्ञा दिनुभएको थियो । प्रतिबन्धित समयमा नदी दोहन कार्य भैरहेको र बालुवा तस्करी मौलाइ रहेको समाचार सञ्चार माध्यममा आउन थालेपछी समन्वय समितिले आफ्नो बचाउ गर्दै विज्ञप्ती जारी गरेको छ ।

जारी विज्ञप्तीमा आफ्नो संलग्नता नरहेको प्रमाण पेस गर्नु भन्दा पनि प्रमुख तामाङले प्रकाशीत समाचारलाइ पीत पत्रकारीताको उपमा दिएपछि महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।महासंघका अध्यक्ष महेशकुमार श्रेष्ठ द्धारा जारी विज्ञप्तीमा सञ्चार माध्ययमले गलत सामग्री प्रकाशन तथा प्रशारण गरेमा सम्पादकीय टिमसंग आफ्नो कुरा राख्ने, आफु गलत नरहेको प्रमाण सहित खण्डन पठाउने र सो बाट समेत चित्त नबुझे प्रेस काउन्सिल समक्ष कानुनि प्रकृयामा जान सकिने प्राबधान हुँदाहुँदै आम पत्रकारिता क्षेत्रलाइनै आक्षेप लगाउनु गलत भएको उल्लेख छ ।

Facebook Comments