रोशी सहकर्मी–भदौ २८,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो ।

नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्सी शेर्पा, २३ वर्षका जुनु विक,२४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र ६० वर्षका सर्किनी नेवार अनि ६५ वर्षका धनलाल विक रहनुभएको छ । ६० वर्षका हिरामाया नेवार,४२ वर्षका ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षका सरस्वती विकको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

२० जना वेपत्ताहरूको उद्धारकार्य जारी राखिएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments