रोशी सहकर्मी–भदौ २८,
२०७७,सिन्धुली/

सिन्धुली जिल्लाका तीन दर्जन नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेस कमलामाई नगरपालिका–२ वडा कमिटीले ढुंग्रेभञ्ज्याङमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । काँग्रेस जिल्ला सभापति उज्ज्वलप्रसाद बरालले कमलामाई –२ भद्रकाली मन्दिर व्यवस्थापन समितिका सचिब चेतबहादुर थापामगर, युवा अगुवा राजु थापामगरको नेतृत्वमा नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् ।

पछिल्लो समयमा नेकपाका नेतामा देखिएको बिलासीपन, खानपिन, मोजमस्ति, नाताबाद र कृपावाद देखेर असन्तुष्ट बनेको नेकपाका कार्यकर्ता बिनाशर्त नेपाली काँग्रेसमा प्रवेश गरेको हो । नेपाली काँग्रेसका युवा नेता असिमजंग थापाले नेकपाले जनताको मर्म भावना अनुसार काम गर्न नसकेको र नाताबाद कृपाबादमा लागेको भन्दै असन्तुष्ट जनाएर नेकपाका ती कार्यकर्ता काँग्रेसमा प्रबेश गरेको जानकारी दिए ।

सिन्धुलीमा पछिल्लो समय नेकपा छाडेर नेपाली काँग्रेसमा प्रबेश गर्नेको लहरनै चल्न थालेको छ । नेकपाका नेताले सत्तामा बसेर कमाउ धन्दा गर्न थालेपछि कार्यकर्ता रुष्ट हुदै पार्टी छाड्न थालेका बताईएको छ । नव प्रवेशीहरुले आफुले विश्वास गरेको पार्टीले जनताको नेतृत्व गर्न नसकेकाले आफुहरुको भरोसा ती पार्टीबाट टुटेको र अब नेपाली काँग्रेसप्रति विश्वास बढेकाले प्रवेश गरेको बताएका छन् ।

नेपाली काँग्रेसको बिचार र सिद्धान्तलाई विश्वास गरेर प्रवेश गरेका नेता कार्यकर्तालाई सधै सम्मान गर्ने र आएका अवसरहरुलाई समान रुपमा वितरण गर्ने जिल्ला सभापति उज्ज्वल प्रसाद बरालले बताए ।

Facebook Comments