रोशी सहकर्मी–भदौ २९,
२०७७,सिन्धुपाल्चोक/

राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिनुभएको हो । ‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ ।

त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।

यसैबीच, सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकका अस्थायी र स्थायी रुपमा स्थानान्तरण गर्नुपर्ने बस्तीलाई जतिसक्दो छिटो सार्नको लागि पहल गर्ने बताउनुभएको छ । आवश्यक परेको खण्डमा संसदले नीतिगत पहल गर्ने पनि उहाँले बताउनुभएको छ ।

Facebook Comments