रोशी सहकर्मी–भदौ ३१,
२०७७,काभ्रे/

कोरोना भाईरसका कारण काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार मृत्यु हुनेमा पनौती नगरपालिका वडा नं ३ घर भई हाल काठमाण्डौमा उपचार गराईरहेका ४१ वर्षिय पुरुष छन् ।

यो सँगै काभ्रेमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

डा. झाका अनुसार दुई जना महिला र दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Facebook Comments