रोशी सहकर्मी–असोज ५,
२०७७,धुलिखेल/

आफ्नै सहकर्मी जवरजस्तीलाई करणी गर्ने तीन युवकलाई प्रहरीले पक्राउ परेको छ । रामेछाप घर भई धुलिखेल नगरपालिका वडा न ४ प्रभात पोल्ट्री फर्ममा काम गर्ने २८ बर्षीय युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा सोही फर्मका काम गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारबिक्रम थापाले सोही फर्ममा काम गर्ने महाभारत गाउँपालिका वडा नं. १ घर भई धुलिखेल बस्दै आएका २२ बर्षीय विशाल आले, जिल्ला मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा. वडा नं. १२ घर भई धुलिखेल बस्दै आएका २८ बर्षीय अमृत खड्का र भारत को पश्चिम बंगाल बिरभिम घर भई धुलिखेल बस्दै आएका २३ बर्षीय रधुनाथ मण्डललाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उनीहरुले विभिन्न किसिमको डरत्रास, धाक, धम्की देखाई उनको छोरोलाई मार्न धम्की दिएर पटक पटक उनीहरुले युवतीलाई बलात्कार गरेको उजूरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले अभियुक्तलाई असोज ३ गते पक्राउ गरी छुट्टाछुट्टै करणी सम्बन्धी कसूर दफा २१९ जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी आज जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य गरी रहेको जनाएको छ ।

Facebook Comments