यश कुमार परियार–असोज ६,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज एकै दिन ७० जनामा कोरेना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाका अनुसार थपिनेमा पाँचखालको विरेन्द्र सैनिक तालिम केन्द्रमा सैनिक मिसनमा जान ट्रेनिङमा रहेका ६२ जना, पाँचखाल नगरपालिका ३ नं का कन्ट्याक ट्रेसिङमा परेका एकै घरका ५ जनामा, धुलिखेल नगरपालिका २ जनामा र बनेपा नगरपालिकाका १ जना छन् ।

काभ्रेमा पहिलोपटक यती धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ५ सय ४१ पुगेको छ । सक्रिय संक्रमित भने १ सय ९५ रहेको डा. झाले जानकारी दिएका छन् ।

यसैबिच काभ्रेमा आज २ जनाको मृत्यु भएको छ । डा. झाका अनुसार मृत्यु हुनेमा भुम्लु गाउँपालिका वडा नं २ सिम्थली घर भई काठमाण्डौमा उपचररत ५६ वर्षिय महिला रहेकि छन् । यस्तै धुलिखेल अस्पतालमा उपचाररत पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षिय महिलाको गयराती मृत्यु भएको डा.झाले जानकारी दिए ।

भुम्लु गाउँपालिका वडा नं २ कि महिला भने गत भदौ ३१ गते नै मृत्यु भएको हो । वडामा हाल एक जना पुरुष समेत संक्रमित रहेकाले वडा सिल गरिसकीएको छ । अस्ती ४ गते आईतबार पुरुषमा संक्रमण पुष्टि भएको र महिलाको मृत्यु भएपछि साविकको सिम्थली गा.वि.स. वडा नं ७ तारीस्वाँरा गाउँ सिल गरिएको थियो ।

Facebook Comments