Kali Puja & Diwali

कार्तिक ०६,
हिन्दुहरुको दाश्रो महान चाड तिहारमा सरकारले समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले सूचना प्रकाशित गरेर तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र मान्न अपील गरेको छ । साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ ।
भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि सरकारले अपील गरेको छ । यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहमन्त्रालयको भनाइ छ ।

Facebook Comments Box