रोशी सहकर्मी–बनेपा कार्तिक ०६
सञ्चार तथा सूचना प्रविधि मन्त्री एव्म सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य हुन नसक्ने बताएका छन् । पछिल्लो समय मुलुकमा राजनीतिक नेता ले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्दै मन्त्री बाँस्कोटाले गलत गर्ने ढिला चाडो कानुनी कठघरमा आउने छन् भने ।
बनेपामा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले आफूले यसका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । लायन्स क्लव अफ काभे्र, बनेपाले यस भेगका स्थानीयलाई लक्षित गरी हार्ट (मुटु) क्लिनिक सञ्चालनमा ल्याउने लायन्स हार्ट क्लिनिक परियोजनाका संयोजक रामराजा धौवडेलले जानकारी दिए । स्थानीय तथा अन्र्तराष्ट्रिय संघसंस्थाको सहयोगमा अत्याधुनिक प्रविधिको मेसिन सहित बरिष्ठ डाक्टरहरुको व्यवस्था रहेन धौवडेलले जानकारी दिए । कार्यक्रमका जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले उक्त कामका सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Facebook Comments