रोशी सहकर्मी–असोज ६,
२०७७,भकुण्डे/

नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डेबेसीमा मालवाहक टिपर नरोक्न व्यवसायीहरु तयार भएका छन् । नमोबुद्ध नगरपालिकाको समन्वयमा आज बसेको सरोकारवालाहरुको बैठकमा व्यवसायीहरुले बजार क्षेत्रमा टिपर नरोक्ने प्रतिवद्धता जनाएका हुन् ।

सरकारले काठमाडौं उपत्यकामा रातीमात्रै टिपर प्रवेशको व्यवस्था गरेसँगै विपी राजमार्ग हुँदै आउने सयौं टिपरहरु बजार क्षेत्रमा सडक छेउमा पार्किङ गरेर राख्ने गरिएको थियो । यसले बजार क्षेत्रमा भीडभाडको अवस्था सिर्जना गरेसँगै त्यसलाई रोकथामका लागि नगरपालिकाले सरोकारवालाहरुको बैठक आह्वान गरेको थियो । बैठकमा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत, भोलाप्रसाद चापागाईं, वडाअध्यक्षहरु, ट्रिपर व्यवसायी तथा खानी एवं क्रसर उद्योगी तथा बजार क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

बैठकले राती आठ बजेभन्दा अगाडि बजार क्षेत्रमा ट्रिपर प्रवेश नगर्ने, आठ बजे नै सम्वन्धीत स्थानबाट टिपर सञ्चालनका लागि सम्वन्धीत उद्योगले नै त्यसको व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो ।

Facebook Comments Box