रोशी सहकर्मी–असोज ९,
२०७७,काभ्रे/

काभ्रेमा आज (शुक्रबार) १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार थपिनेमा बनेपा नगरपालिकाका ८ पुरुष र ३ महिला गरी ११ जना र धुलिखेल नगरपालिकाका १ पुरुष रहेका छन् ।

यससँगै जिल्लामा संक्रमितको संख्या ५ सय ८२ पुगेका छन् । सक्रिय संक्रमितको संख्या भने १ सय ९५ रहेको छ ।

यस्तै आज ५ जना संक्रमित डिस्चार्ज भएको डा. झाले जानकारी दिए । यो संगै काभ्रेमा ३ सय ८१ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments