यश कुमार परियार–असोज ११,
२०७७,काभ्रे/

काभ्रेमा आज एकै दिन २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार विभिन्न पालिकाका २१ ज्ना कोरोनाका संक्रमित डिस्चार्ज भएको बताए ।
यस सँगै काभ्रेमा कोरोना जितेर घर फर्कनेको संख्या ४ सय ५ पुगेको छ ।

यस्तै आज ४ जना नयाँ कारोना संक्रमित थपिएको डा. झाले जानकारी दिए । थपिने संक्रमितहरुमा मण्डनदेउपुर नगरपालिकाका १ पुरुष, पाँचखाल नगरपालिकाका १ महिला, रोशी गाउँपालिकाको १ महिला र नमोबुद्ध नगरपालिकाको १ पुरुष रहेको डा. झाले जानकारी दिए ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ६ सय पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८९ रहेको छ भने ६ जनाको मृत्यु भएको छ । जसमध्ये २ पुरुष र १ महिला अन्य जिल्लाका हुन् ।

Facebook Comments