रोशी सहकर्मी–असोज १२,
२०७७,पनौती/

कोरोनाका कारण मृत्यु भएका पनौती नगरपालिका वडा न ३ का शिवराम सापकोटाको परिवारलाई सनसिटी अपाटमेन्टमा बसोबास गर्नेले आर्थिक सहयोग प्रदान गरेका छन । मृतकको १३ औं दिनको पूण्यतिथिको अवसरमा मृतकको घर मै पुगेर सहयोग हस्तान्तरण गरिएको हो । काठमाडौंको सनसिटी अपाटमेन्टमा बसोबास गर्नेहरुबाट उठेको दुई लाख १७ हजार २६६ रुपियाँ हस्तान्तरण गरिएको थियो ।

कुशादेवी घर भई सनसिटी अपाटमेन्टमा प्राविधिकको रुपमा कार्यरत ४१ बर्षीय सापकोटाको कोरोनाका कारण भदौ ३१ गते मृत्यु भएको थियो । उहाँको परिवारलाई घर मै पुगेर सनसिटिका कार्यकारी प्रमुख राजेन्द्र बहादुर सिंह, नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, काँगे्रस नेता चन्द्र ढकालले दुई लाख १७ हजार सात सय ६६ रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । मृतकको श्रीमती र दुई छोरा रहेका छन ।

Facebook Comments