रोशी सहकर्मी–असोज २३,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं १ खहरेपाँगुमा अस्पताल बनाउन ४२ घरधुरीले बस्ती खाली गर्ने सहमती गरेका छन् । खहरेपाँगु हस्पिटल व्यबस्थापन समिति र संघर्ष समिति बिच छलफल तथा अन्तक्र्रियाबाट अस्पताल बन्ने सार्वजनिक स्थानमा बसोबास गर्दै आएका ४२ घर परिवारले बस्ती खाली गर्ने सहमती जनाएका हुन् ।

खहरेपाँगु हस्पिटल व्यबस्थापन समितिको अध्यक्ष एवं समाजसेवी, युवा नेता गणेश लामाको अध्यक्षतामा सम्पन्न अस्पताल व्यबस्थापन समिति र संघर्ष समिति बिचको छलफल तथा अन्तक्र्रियाबाट ४२ घर धुरीलाई हाल रहेको सार्वजानिक जग्गाको पश्चिम तर्फको भागमा व्यबस्थापन गरिनुका साथै मंसिर ३ गते भित्र बस्ती खाली गर्ने संघर्ष समिति सँग सहमति भएको अस्पताल व्यबस्थापन समितिको सचिव गणबहादुर लामाले बताए ।

गत असोज २ गते बसेको खहरेपाँगु अस्पताल व्यबस्थापन समितिको निर्णय अनुसार १५ दिन भित्र ५ शैयाको अस्थाई अस्पताल व्यबस्थापन र बस्ती खाली गर्न सूचना टाँस गरिएको थियो । प्रकाशित सूचना अनुसार कार्यान्वयन हुन नसके पछि हिजो बिहिबार बसेको हस्पिटल व्यबस्थापन समितिको वैठकले आगामी कार्तिक ३ गते भित्र ५ शैयाको अस्पताल ब्यवस्थापन गर्ने र मंसिर ३ गते भित्र बस्ती खाली गर्ने निर्णय गरेको छ ।

बस्ती खाली गर्ने बिषयमा विवाद बढेपछि अस्पताल बनाउन ढिलाईः

केही समय भित्रै अस्पताल बनाउनु पर्ने ८८ रोपनी सार्वजानिक जग्गामा बसोबास गरि रहेको ४२ घरधुरीलाई व्यबस्थापन गर्न र समय सिमा बढाउन एक संघर्ष समिति गठन गरि गत असोज ४ गते वडा नं. १ को कार्यालयमा विरोध सहितको माग पत्र दर्ता गराएका थिए । उक्त संघर्ष समितिको मागसंगै १० शैयाको स्थाई अस्पताल बन्नेमा रोशीवासीमा अन्यौलता बढ्दै गएको थियो ।

यसरी बस्ती खाली गर्ने बिषयमा विवाद बढ्दै गए पछि केही अस्पताल ब्यवस्थापन समिति भित्र कै सदस्यहरुले बस्ती खाली नगर्न र सार्वजानिक जग्गा प्रयोग गरे बापत सरकारले जग्गा दिने जस्ता भ्रामक हल्ला फैलाउदै संघर्ष समिति गठन गर्न लगाई विभिन्न राजनीतिक दल र शक्ति केन्द्र धाउन सहयोगीको भूमिका निर्वाह गरेको एक जानकारले बताए । यस्तो क्रियाकलापहरुले गती लिन थाले पछि असोज १५ गते भित्र ब्यवस्थापन गर्ने भनि निर्णय गरिएको ५ शैयाको अस्पताल ब्यवस्थापन गर्न ढिला भएको समितिका अध्यक्ष गणेश लामाले बताए ।

Facebook Comments