रोशी सहकर्मी–कार्त्तिक ३,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाले निकालेको टेन्डरमा निर्माण व्यवसायीहरु नियम बमोजिम नै सहभागि भएको निर्माण व्यवसायी संघ काभ्रेले बताएको छ । रोशी गाउँपालिकाले निकालेको टेन्डरका विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि निर्माण व्यवसायी संघ काभ्रे ले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

निर्माण व्यवसायी संघ काभ्रेका सचिव अमित लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न समाचार माध्यममा निर्माण व्यवसायीले फर्म कब्जामा लिएर दर्ता गर्न नदिएको भन्ने विषयलाई खण्डन गरिएको छ । विज्ञप्तीमा भनिको छ ‘समाचारमा प्रकाशित भए अनुसारको कुनै पनि फर्म कब्जामा नलिएको, फिर्ता नलिएको, व्यवसायीहरुले नियम बमोजिम नै ठेक्का प्रकृयामा सहभागि भएको तथा टेण्डर समेत व्यवसायीकै रोहबरमा खोलिएकोले कुनै असन्तुष्टि नरहेको’ उल्लेख छ ।

विज्ञप्ती:

Facebook Comments