काभ्रेमा आज ३१ जना कोरोना संक्रमित थपिए, ७१ जना डिस्चार्ज

सांकेतिक फोटो

यश कुमार परियार–कार्त्तिक ४,
२०७७,काभ्रे/

काभ्रेमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नं ८ कि ४३ वर्षिय महिला रहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई आईतबार मात्रै धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनमा कलेजो र आन्द्रा सम्बन्धी रोग पहिल्यै देखि रहेको र अस्पतालमा भर्ना हुन आउँदा नै उनको अवस्था गम्भिर रहेको डा. झाले जानकारी दिए । भर्ना भएकै दिन कोरोना पोजेटिभ आएको भएता पनि आफन्तले घर लैजान खोजेको तर अस्पतालले महिलाको अवस्था गम्भिर रहेका कारण घर पठाएको थिएन ।

मृतक महिला भुम्लु गाउँपालिका वडा नं ९ बाट बसाँई सराई गरेर पाँचखाल आएकि थिईन् । मृतक महिलाको शव अहिले अस्पतालमा नै रहेको र नेपाली सेनाले पालिका सँग समन्वय गरेर शव ब्यवस्थापन गर्ने डा. झाले जानकारी दिए ।

यसैबिच, आज मंगलबार जिल्लामा थप ३१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको बिवरण अनुसार आज थपिनेमा पनौती नगरपालिकाका १० जना, बनेपा नगरपालिकाका १० जना, धुलिखेल नगरपालिकाका ६ जना, मण्डनदेउपुर नगरपालिकाका २ जना, पाँचखाल नगरपालिकाबाट १ जना र तेमाल गउँपालिकाका २ जना थपिएको कार्यलयले जनाएको छ ।

यस्तै आज मात्रै ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै काभ्रेमा कोरोना मुक्त हुनेको संख्या ७ सय ७३ पुगेको छ भने संक्रमितको संख्या १ हजार ३ सय १५ पुगेको छ ।

Facebook Comments