काभ्रे,रेडियो रोशी,
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ । आज बिहान १०ः५ को समयमा रोशी ८ नार्के नजिकै स्याउली भन्ने ठाउँमा ढिस्कोले पुरिएर गम्भिर घाईते भएका जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ निवासी २१ बर्षिय दिपेन्द्र थापा मगरको उपचारको क्रममा मृत्यु भएको हो । ढिस्को खस्दा सोहि ठाउँका २३ बर्षिय नबिन रोकाया सामान्य घाईते भएका छन् । रोकाया उपचारपछि डिस्चार्ज भैसकेका छन् ।
सडक निर्माणका क्रममा ढुङगा लिनजाने क्रममा अचानक माथिबाट ढिस्को खसेर लाग्दा गम्भिर घाईते भएका उनको उपचारकै क्रममा बिहान ११ः२५ बजेको समयमा मेथिनकोट हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिनुभयो । मृत्तक थापामगरको शव पोस्टमार्टमका लागि धुलिखेल हस्पिटल पठाईएको छ ।













