कात्तिक १५,
२०७७,काभ्रे/

काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित काठमाडौँ सिनामंगलका ७२ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा शनिबार विहान ७ः२१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँ कात्तिक ६ गते उपचारका लागि धुलिखेल अस्पताल भर्ना हुनुभएको थियो । उहाँमा कोरोनाका साथै निमोनिया समेत भएको अस्पतालले जनाएको छ । काभ्रेमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । जसमा काभ्रेका २१ जना र काभ्रे बाहिर अन्य जिल्लाका १२ जना रहेका छन् । गोरखापत्रबाट

Facebook Comments