तारादेवी सुनुवार-कात्तिक १८,
२०७७,काभ्रे/

 मानव जीवन बहुआवश्यक्ताको खाँचोले जेलिएको हन्छ ।  पेशा ब्यवसाय  व्यक्तिको जीवन जिउने माध्यम हो । आर्थिक मामला नजोडिएको कुनै क्षेत्र छैन । जसको कारण सहकारी मानव जीवनको हरेक क्षेत्रमा अपरिर्हाय छ । सहकारी भन्नाले मिलिजुली भन्ने अर्थ लाग्छ । यर्सथ  बसाईँ,चिन्तन र काममा  मिलिजिुली हुँदा स्वेयमलाई नै सहज हुन्छ । सहकार्य र साथमा शक्ति हुन्छ । यसर्थ सहकारी दैनिक जीवन यापन देखि लिएर ठुल्ल ठुल्ला कार्यमा समेत सहकारीको महत्व छ । आर्थिक रुपान्तरणको लागि नेपाल सरकारले गरेको परिकल्पना समृद्ध नेपाल सुखी नेपाली नारा सार्थक बनाउन पनि सहकारीले सम्भावना बोको छ ।  मानिस सुखी र खुसी रहनको लागि मर्यादित काम तथा रोजगारी चाहिन्छ । धन सम्पतिले मात्र मानिसलाई सुखी र आनन्द मल्दिैन । एकै साथ मिलेर काम गर्दा सहयोगीहरुसँग आफ्नो कुरा बाँड्न र अरुको कुरा लिन सहज हुन्छ एक अर्काको अस्तित्व स्वीकार गर्नु एक अर्काले आफुलाई पर्दा लिने अरुलाई पर्दा दिने परम्पराले खुसी प्रदान गर्दछ । ठुला ठुला राष्ट्रका मानिस पनि सुखी र आनन्दको खोजीमा हुन्छन् । पैसा र भौतिक सुबिधाले मात्रै आनन्द प्रदान गर्न सक्दैन । सहकार्यले आफ्नोत्व बढाउँछ ।

सहकारी ब्यवसाय सहकारी संस्थाका सदस्यहरुको सामाजिक , र्आिर्थक र सास्कृतिक आवश्यकक्ता पुरा गनृका लागि स्वेच्छिक रुपमा गठन गरिने सामुहिक स्वामित्वमा संचालन गरिने र सदस्यहहरु बीच प्रजातात्रिक पद्धतिबाट नियन्त्रित हुने एक स्वायत उधमी संस्था भएको ले सहकारीको माध्यमबाट नागरिकहरुको जीवन स्तर उकासिने हुन्छ । सहकारी संस्थाहरुलाई नाफा कमाउने सस्थाको रुपमा हेरिन्छ तर यसो नुहनु पर्दछ । एका दुई सहकारी सस्थाहरुको कार्यशेैलीले गर्दा यसो हुन गए पनि मुलत सहकारी सस्थाको मुल मर्म भनेको सहकारीकर्मीहरुले अर्काको श्रम वा अर्काले तिरको उपरि मुल्मा लाभ नलिने मान्यता राख्छन् । अर्काको भाग खाने हैन अर्काको भाग खाए शोषण हुन्छ भन्ने मान्यता सहकारीकर्मीले राख्नु पर्दछ । सहकारीको सदस्यहरुले् आफ्नै परिश्रमको फल मिठो मान्नु पर्छ सहकारीता शोषण विहीन आर्थिक सम्बन्धहरु स्थापना गर्ने आन्दोलन हो ।  नाफा कमाउन नभई आफ्ना सदस्यहरुको हित गर्नेु हो  ।  

सहकारी सदस्य सम्पन्न हुनकौ लागि हो तर आफै उत्पादन गरेर आम्दानी बढाउनु पर्दछ अर्थात उपभोक्ताको रुपमा खर्च बचाउँनु पर्दछ । सहकारीकर्मीको बिचमा साझा बिश्वास हुनु पर्दछ । सहकारी समुदायमा आधारित र सदस्य केन्द्रित कारोबार हुने भएकोले समुदायको विकासमा टेवा पुराउने सम्भावनाहरु बोकेको हुन्छ । सहकारीको मुख्य उद्धेश्य भन्नु नै सदस्यहरुको आवश्यक्ता बमोजिमको आर्थिक,सामाजिक सुरक्षा र सामृहिक हित हुने सेवा प्रदान गर्नुले पनि सहकारी ब्यवसाय मात्र नभएर मानव समाजमा रहेको विधामान गरिबी र आर्थिक सामाजिक विभेद तथा असमानताहरुको अन्त्य गर्ने एउटा माध्यम हो । मानव जीवनको लागि आवश्यक खाद्यन्न , आर्थिक, समाजिक, सास्कृतिक जस्ता हरेका कुराको परिपूर्ति सहकारी मार्फत गर्न सकिन्छ ।
     
     हाम्रो जस्तो कमजोर आर्थिक अवस्था, कठिन भौगोलिक अवस्था अनुसारको फरक फरक हावापानी भएको अल्पविकसित देशमा सिमित श्रोतसाधन र पूजीँ भएका ब्यक्तिहरु एक आपसमा मिलेर सामुहिक ब्यवासय संचालन गरि आफ्ना आवश्यक्ता र आकांक्षाहरु पूरा गर्नु सहकारीको ध्याय हो । सबै वर्गको सहभागिता सहकारीमा हुने भए पनि हाल नेपालको सहकारी अभियानमा माध्यम वर्गको सहभागिता मात्र बलियो छ । दुर्गम तथा ग्रामिण  क्षेत्रमा बसोबास गर्ने नागरिकहरु, महिला, दलिच, जनजाती, अपांगता भएका व्यक्तिहरु, हलिया,कमैया, कृषक मजदुर, भुमिहीन, सकुम्बासी आदी गरिबीको रेखामुनी रहेको अवस्था छ । विषेशगरी गरिबीले आक्रान्त पारेको वर्गलाई सहकारीको माध्यबाट आयआर्जन, रोजगारी सृजना गर्नु पर्ने आवश्यकता हुन्छ । सहकारी खेती पद्धति मार्फत कृषिक्षेत्रको व्यवासायिकरण र यान्त्रिकारण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्ने तर्फ सहकरी सस्थालाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो ।

प्राथमिकताका साथ लाग्ने हो भने हाम्रो जस्तो कृषि प्रधान मुलुकमा कृषि क्षेत्रले मात्र पनि कृषि सहकारी संस्थामार्फत रोजराीको साथै तुलनात्मक लाभ र आर्कषक प्रतिफल दिन त सक्छ तर  यतिले मात्र प्रयाप्त हुँदैन तर्सथ पर्यटन, होटल, उधोग, विज्ञान प्रविधि सूचना तथा संचारसँग सम्वन्धित उधोग लगायत वितरण सेवासँग सम्बन्धित व्यपार तथा उधोगहरुमा विषेश पहल गर्नु पर्ने आवश्यकता छ । स्थानिय श्रोक्त साधनको  परिचालन गरेर सहकारीको माध्यमबाट गरिबी निवारण तथा सामाजिका  समस्याहरु निराकरणमा योगदान पुग्नु मात्रै नभएर आा आफ्नो क्षेत्रमा रहेका संगठित संस्थाहरु मार्फत गरिबी निवारण तथा अन्य सामाजिक सुधार,समावेशीकरणको काममा योगदान पुग्दछ  । सहकारी सबै वर्ग,तह, जाती,लिंग,धर्म र वर्णका नागरिकहरु सामुहिक ब्यवसायमा संलग्न हुन सक्तछन त्यसकारण समावेशी आर्थिक सामाजिक विकासको लागि सहकारी उक्तम बिकल्प हो भन्ने कुरालाई आत्मसात गर्नु पर्ने हुन्छ । सहकारी संस्थाहरुलाई प्राथमिक्ताका साथ विकाशे साझेदारीको रुपमा हेरिनु पर्दछ । सहकारी संस्थाहरुले पनि सहकारी मूल्य मान्यता,सिद्धान्तलाई आत्पसात गर्न पटक्कै नभुले सदस्यको हित तथा  सामाजिकरुपमै आर्थिक तथा सामजिक विकासमा रुपान्तरण हुन्छ ।  

अबको चासो भनेको सहकारी संस्थाहरुको संख्यात्मक  बृद्धि भन्दा पनि गुणत्मक बृद्धि खोज्नु पर्ने हुन्छ । सहकारीहरको संख्या बृद्धिले मात्र खास अर्थ राख्दैन, सदस्यहरुको आर्थिक, सामाजिक विकासको ख्याल गर्नुले विषेश अर्थ राख्दछ । आर्थिक रुपान्तरण, सामाजिक सुरक्षाका क्षेत्रको ख्याल गर्न आगामी दिनहरुमा तीनखम्मे अर्थनीति बमोजिम सहकारी क्षेत्रलाई अगाडि बढाउन दिर्घकालीन सहकारी योजना तर्जुमा तथा कार्यन्वयन गरी आ आफ्नो क्षेत्रको  प्राथमिकता स्पष्ट रुपमा किटान गर्नु पर्ने आवश्यक्ता छ । धेरै प्रकृतिका सहकारीहरु मध्ये कुन कुन किसिमका सहकारीलाई प्राथमिक्ता प्रदान गर्ने हो कुन सहकारीसँग सहकार्य गर्ने हो नितिगत रुपमा प्रष्ट हुन जरुरी छ । अस्तु ।

Facebook Comments