रोशी सहकर्मी–माघ १२,
२०७६,काभ्रे/

पनौतीमा एक २२ महिने बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । पनौती नगरपालिका वडा नं ९ जाइटोलमा खाल्डोमा जमेको पानीमा डुब्दा २२ मअिने कृष्टिना तामाङको मृत्यु भएको हो । हिजो (शनिबार) करीब दिँउसो ३ः३० बजे सुमन तामाङकी २२ महिने छोरी कृष्टिना तामाङ घर देखी ३०० मिटर पर खाल्टोमा जमेको पानीमा डुबेकि थिईन् ।
त्यस खाल्टो जागेश्वरी ईट्टा भट्टाको लागी शौचालय बनाउन खनेको प्रहरीले जनाएको छ । लगतै डुबेको अवस्थामा आमाले फेला पारी उपचारको लागी शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो तर उपचारको क्रममा अपरान्ह ४ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments