कात्तिक २८,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ६ मा वडा स्तरिय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । रोशी युवा क्लब सिपालीको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा वडा भित्रका ६ टिमको सहभागिता रहेको स्थानिय शुसिल राज उप्रेतिले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा कालिञ्चोक टिम र कुखुरे टिम बिच प्रतिस्पर्धा भएको थियो जसमा कुखुरे टिमले ३ सेटमा बिजयी भयो । यस्तै देश्रो खेलमा काने गाउँ टिम र सिपाली ‘बी’ बिच प्रतिस्पर्धा भएको थियो जसमा काने गाउँ टिम बिजयी भएको उप्रेतिले जानकारी दिए ।

यसैगरी भोली २ टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा चिलाउने र कुखुरे टिम बिच प्रतिस्पर्धा हुनेछ भने काने गाउँ र सिपाली ‘ए’ टिम बिच प्रतिस्पर्धा हुनेछ । बिजेता टिम फाईनलमा प्रवेश गर्नेछ भने पराजित टिमले तेश्रोको लागि खेल खेल्ने बताईएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल खेल पर्सि ३० गते हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments