काभ्रे,रेडियो रोशी,
यहि असार १२ देखी १४ गते सम्म रोशी गाउँपालिकाको बिभिन्न स्थानमा शारीरिक अपाङ्गता पहिचान तथा पुनस्र्थापन घुम्ती शिविर आयोजना हुने भएको छ । विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एच.आर.डि.सी) बनेपा र रिमरेक धुलिखेल काभ्रेको संयुक्त आयोजना, सि.बि.एम. ग्लोबलसँगको साझेदारी तथा रोशी गाउँपालिकाको सहकार्यमा असार १२, १३ र १४ गते शिविर सञ्चालन हुन लागेको हो ।
घुम्ती शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, हात÷खुट्टा भाँचिएर बाङ्गो भएकोे वा हड्डी नजोडिएको, जोर्नीहरु दुख्ने÷सुन्निने÷बाङ्गिएको वा खुस्किएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो भएको वा खुस्किएको समस्याहरुको जाँच गरिने छ ।
त्यसैगरि, कृत्रिम अङ्ग र सहायक सामाग्रीहरुको आवश्यकता भएकाहरु, खुँडे ओठ एवम तालु फाटेको, जन्मजात वा चोटपटकबाट कम्मरको जोर्नी खुस्किएको, औंलाहरु एक आपसमा टाँसिएको वा बढी भएको, हिड्दा घुँडा ठोकिने÷जोडिने, भित्र बहिर फर्केको तथा अन्य हाडजोर्नीसँग सम्बन्धीत समस्याहरुको चेकजाँच गरिने बताईएको छ ।
घुम्ति शिविर अन्तर्गत पहिलो दिन असार १२ गते रोशी– ९ स्थित मंगलटार स्वास्थ्य चौकी, १३ गते रोशी–७ स्थित रोशी मा.वि कटुञ्जे र असार १४ गते रोशी–१ स्थित रोशी अस्पताल, फलामेसाँघुमा बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म शिविर सञ्चालन हुने छ ।
सोहि दिन बिहान निःशुल्क नाम दर्ता गराईने उल्लेख गरीएको छ । शिविरमा आउँदा एच.आर.डि.सी बाट दिईएको कार्ड लिएर आउन भनिएको छ । निःशुल्क प्रदान हुने यस शिविरमा आफ्नो समस्याको चेकजाँच गराई मौकाको फाईदा लिनुहुँन गाउँपालिकाले सम्पुर्णमा अनुरोध गरेको छ ।