काभ्रे,
आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँको अनुमानित बजेट ल्याएको छ । हिजोे सोमबार १५ औं अधिवेशनमा उपाध्यक्ष दलमान थोकरले उक्त मात्रामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष चन्द्रबहादुर तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थोकरले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।
संघीय सरकारको वित्तिय समानीकरण अनुदानबाट ८ करोड ८६ लाख, संघीय सशर्त अनुदान २३ करोड ८७ लाख, समपुरक अनुदान ६५ लाख, वित्तिय समानीकरण अनुदान ८४ लाख २९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २२ लाख ६८ हजार, समपुरक अनुदान १ करोड रहेको छ ।
त्यस्तै विशेष अनुदान ७० लाख, संघको राजस्व बाँडफाँड ८ करोड ६२ लाख, प्रदेशको राजस्व बाँडफाँड प्रदेश २ करोड २ लाख ७१ हजार ८ सय, स्थानीयको राजस्व बाँडफाँड १ करोड २० लाख र आन्तरिक आय ९० लाख हुने अनुमान पेश गरिएको थियो ।