Friday, May 8, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख ३, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गत असोज दोस्रो साताको मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आंकलन थालिएको छ । आज गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आंकलन निस्सा उपलब्ध गराउँदै विस्तृत क्षति आंकलनको शुभारम्भ गर्नुभएको हो । मनसुनजन्य विपदबाट ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले काभ्रेको रोशीबाट सुरुवात गरिएको मन्त्री लेखकले बताउनुभयो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

कार्यक्रमको सुरुवात गर्नुहुँदै मन्त्री लेखकले बाढीपहिरोबाट पूर्ण क्षति भएका सबै निजी आवास एक वर्षमा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । केही नीति, कानुन र कार्यविधिका कारण बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

क्षति आंकलनपछि पुननिर्माण सहज हुने बताउनुहुदै गृहमन्त्री लेखकले विस्तृत क्षति सङ्कलनको काम सम्पन्न भए लगत्तै अस्थायी र स्थायी आवासको काम सुरु गरिने बताउनुभयो । साथै, विपी राजमार्ग पुनःनिर्माण कार्य अघि बढिसकेको र बर्खामा समेत राजमार्ग सञ्चालन गर्ने गरी कार्य प्रारम्भ भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य सूर्यमान दोङले पुल, तटबन्धनलगायतका पूर्वाधार निर्माण गरेर मात्रै पुनर्निर्माण पूर्ण हुने बताउनुभएको छ । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटार लगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरू बगरमा परिणत भएको भन्दै दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउन योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै निजी आवास सँगै सडक, पुल लगायतका पूर्वाधार पुननिर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले काभ्रेको लागि हालै ७ करोड ३५ लाख ७५ हजार रकम विनियोजन भएको जानकारी दिँदै विस्तृत क्षति आंकलनपछि स्थायी आवास निर्माण का लागि भुक्तानी गर्न सकिने बताउनुभयो ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदबाट प्रभावित स्थानीय तहहरु मध्ये रोशी गाउँपालिकाबाट क्षति आंकलन सुरु गरेर पुनर्निर्माणको काम थालेकोमा संघीय सरकार र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आभार प्रकट गर्नुभएको छ ।

रोशी गाउँपालिकामा १० शैयाको अस्पताल, औद्योगिक ग्रामको प्रशासकीय भवन, डम्फु जीवन्त संग्रहालय लगायत नगर गौरवका आयोजना, पाँचवटा झुलुंगे पुल बगाएको बताउनुहुदै तत्काल पुननिर्माण नगरे विद्यालय जान नसकेर बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था बन्ने बताएउनुभयो । पुननिर्माणसँगै जीविकोपार्जनमा पनि योजनाहरू आउनुपर्ने बताउनुभयो ।

रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले पालिकाका धेरैले धनजनको क्षति बेहोरेको भन्दै उनीहरूको पीडामा मलम लाउने काममा संघीय सरकारले भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

विस्तृत क्षति आंकलनका लागि रोशी गाउँपालिकाबाट तीन वटा क्लस्टरमा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत गरी २२ जना प्राविधिक खटिने बताइएको छ । स्थलगत मूल्याङ्कनपछि प्राविधिकले दिने प्रतिवेदनका आधारमा प्राधिकरणले लाभग्राही यकिन गरेर रकम उपलब्ध गराउँछ।

Previous Post

रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान शुरु

Next Post

रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

‘केपी बाको यात्रालाई सहज गराउन धुलिखेल–खावा सडकमा रातारात काम गर्नु दुर्भाग्य’–रास्वपा काभ्रे

‘केपी बाको यात्रालाई सहज गराउन धुलिखेल–खावा सडकमा रातारात काम गर्नु दुर्भाग्य’–रास्वपा काभ्रे

आइतवार, मंसिर २४, २०८०
बनेपा–११ सल्लेकी महिला पनौतीमा मृत फेला

बनेपा–११ सल्लेकी महिला पनौतीमा मृत फेला

मङ्लबार, भदौ २५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.