यश कुमार परियार-मंसिर ९,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज मंगलबार थपिएका ३ सय ४० जना कोरोना संक्रमितहरु मध्ये ३ सय ५ जना निको भईसकेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । कार्यलयका अनुसार उनिहरु काभ्रे जिल्लाका नागरिक भएपनि अन्य जिल्लाको प्रयोगशालामा परिक्षण गराएको र विवरण आज सार्वजनिक गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज मात्र संक्रमण पुष्टि भएको संख्या भने ३५ रहेको छ भने अध्यावधि गरेको संख्या भने ३ सय ५ रहेका छन् ।
काभ्रे भन्दा बाहिरका प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ४४ महिला, ६२ पुरुष, धुलिखेल नगरपालिकाका १३ महिला, २० पुरुष, पनौती नगरपालिकाका १३ महिला, ३२ पुरुष, पाँचखाल नगरपालिकाका ६ महिला, १७ पुरुष, नमोबुद्ध नगरपालिकाका ३ महिला, १५ पुरुष, मण्डनदेउपुर नगरपालिकाका ३ महिला, १८ पुरुष, भम्लु गाउँपालिकाका ६ महिला, ११ पुरुष, रोशी गाउँपालिकाका २ महिला, ५ पुरुष, बेथानचोक गाउँपालिकाका २ महिला, ६ पुरुष, तेमाल गाउँपालिकाका ५ महिला, १० पुरुष, खानीखोला गाउँपालिकाका १ पुरुष, चौंरीदेउराली गाउँपालिकाका १ महिला, ८ पुरुष रहेका छन् । उनिहरु सबै निको भईसकेको डा. झाले जानकारी दिए ।
यसैगरी आज पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १ पुरुष, बनेपा नगरपालिकाका ६ महिला र ५ पुरुष, पनौती नगरपालिकाका ५ महिला र ६ पुरुष, पाँचखाल नगरपालिकाका २ महिला र २ पुरुष, खानीखोला गाउँपालिकामा १ पुरुष रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २६ सय ६१ पुगेको छ । जसमा महिला १ हजार ९६ जना र पुरुष १६ सय ६५ जना रहेका छन् । यसैर्त आज ७४ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो सँगै काभ्रेमा संक्रमित निको हुनेको संख्या २३ सय ५० पुगेको छ । जसमा महिला ९ सय ७ जना र पुरुष १४ सय ४३ जना रहेका छन् ।

त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ७५ जना रहेका छन् । जसमा महिला १ सय ६४ जना र पुरुष २ सय ११ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १४ जना अस्पतालको आइसोलेशनमा र ३ सय ६१ जना होम आइसोलेशनमा रहेका छन् ।

यसैबिच आज पनि १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । बनेपाको शिरमेमोरियल अस्पतालमा ७७ वर्षिय बनेपाका पुरुषको मृत्यु भएको डा. झाले जानकारी दिए ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ भने जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Facebook Comments Box