रोशी सहकर्मी–माघ ४,
२०७६,काभ्रे/

जिल्लाको नमोवुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार आज (शनिबार) घर नजिकैको रुखमा स्याउला काट्न गएका सत्यालको रुखबाट खसेर मृत्यु भएको हो । कोईरालाको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सत्यालको उपचारका लागि अस्पताल लगिएको थियो तर उनको बाटोमै मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ । उनको शव पोष्टमार्टमका लागि बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एस्.पि. रबिकुमार पौडेलले बताएका छन् । स्थायी घर नमोवुद्ध ९ दाप्चा छत्रेवाँझ रहेको ५० वर्षीया सत्याल लामो समयदेखि नमोवुद्ध नगरपालिका ९ को वडा सचिवको रुपमा कार्यरत थिए ।

Facebook Comments Box