रोशी सहकर्मी–माघ ४,
२०७४,काभ्रे/

जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिका बडा कार्यलय निर्माण सुरु भएका छन । ८ वटै वडाका वडा कार्यालय बनिरहेको गाउँपालिकाले जनाएको छ ।
वडा कार्यालयको अभावमा ब्यक्तिको कच्ची घर भाडामा लिएर र टहरा बनाएर जसोतसो कार्यालय सञ्चालन गर्दै आएको सो गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई तिब्रता दिईएको हो । त्यसको लागि प्रदेश सरकार, जिल्ला समन्वय समिति काभ्रे र स्वयं गाउँपालिकाबाट गरी ८ वटा नै वडाहरुको भवन निर्माणको क्रममा रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
उहाँका अनुसार वडा नं. ५, ७, २ र ३ को प्रदेश सरकारको सहयोगमा निर्माणकार्य भईरहेको छ भने बाँकी वडाहरु १, ४, ६, र ८ को जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र गाउँपालिका स्वयंको आर्थिक सहयोगमा निर्माणको चरणमा रहेको जनाएको छ । प्रदेश सरकारको विशेष अनुदानबाट अहिले चार वटा वडाहरुको भवन निर्माणको काम भईरहेको गाउँपालिका अध्यक्ष जिम्बाका भनाई । बाँकी चार वटा वडा कार्यालय भवनको लागि ठेक्का आह्वान भईसकेको छ ।

Facebook Comments Box