रोशी सहकर्मी–माघ ४,
२०७४,काभ्रे/

काभ्रेमा प्रयाप्त ट्राफिक प्रहरी नहुँदा दुर्घटनाका घट्ना बढेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी प्रमुख रविकुमार पौडेलले २१ दरबन्दी रहेको काभ्रेमा २० जना रहेको बताउनुभयो । उहाँका अनुसार ट्राफिक व्यवस्थापन राम्रो गर्ने १११ जना ट्राफिक प्रहरी आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, ट्राफिक प्रहरी पोष्ट धुलिखेल, पनौती, भकुण्डेबसीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा १०/१०, पाँचखाल, मंगलटार, साँगा पोष्टमा प्रहरी नायव निरीक्षकको नेतृत्व ७/७ जना राख्नुपर्ने बताउनुभयो ।
त्यस्तै अस्थायी चेक पोष्ट दोलालघाट, काभे्रभञ्ज्याङ, खावा, हिगुवापाटी, कटुन्जेबेसीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७/७ ट्राफिक प्रहरी राख्न आवश्यक रहेको बताउनुभयो ।
कम ट्राफिक प्रहरी हुँदा एक जनाले ४५ किलो मिटर सडकसम्म हेर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । काभ्रेमा रहेका २० ट्राफिक प्रहरीले जिल्लाको मुख्य दुई राजमार्ग देखी, अन्य थुप्रै सडक हेर्नुपर्ने बाध्यतामा रहेका छन । काभ्रेमा दैनिक ७ हजार सवारी साधन आवातजावात गर्ने गरेका छन । जसमा एक ट्राफिक प्रहरीले ३६८ सवारीको चेक गर्नुपर्ने हुन्छ ।

Facebook Comments