रोशी सहकर्मी–साउन १२,
२०७७,काभ्रे/

प्रसिद्ध धार्मिक स्थल गोसाँईस्थानमा यो वर्षको जनैपूर्णिमा मेला नहुने भएको छ ।

जिल्लाको बनेपा नगरपालिका – ६ मा रहेको गोसाँईस्थान संरक्षण समितिको बैठकले कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जनैपुर्णिमाका दिन यस ऐतिहासिक तथा पवित्र धार्मिक स्थलमा लाग्दै आएको गोसाँईकुण्ड मेला र जात्रा अपौचारिक रूपमा नगर्ने निर्णय गरेको गरेको समितिका अध्यक्ष भेषराज शाहले बताए ।

उनका अनुसार विश्वभर फैलीरहेको कोरोना भाईरसको विषम परिस्थितिलाई मध्यानजर गर्दै यो वर्ष जनैपूर्णिमा मेला नगर्ने निर्णय गरिएको हो ।गोसाँईस्थानमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्दैँ आएको थियो ।

Facebook Comments