यश कुमार परियार–मंसिर १२,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा कोरोना भाईसबाट संक्रमित भएका मध्ये ८८ प्रतिशत व्यक्ति निको भएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार आज शुक्रबार सम्म जिल्लामा २८ सय ४२ जना कोरोनाबाट संक्रमित भएका छन् । जस मध्ये २५ सय २९ जना अर्थात ८८.९८ प्रतिशत व्यक्ति निको भएका छन् । आज शुक्रबार मात्रै ६९ जना कोरोना भाईरसलाई जितेर निको भएको स्वास्थ्य कार्यलय काभ्रेले विवरण उपलब्ध गराएको छ ।

यस्तै आज विभिन्न पालिकाका २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यलय काभ्रेका परिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार आज संक्रमण पुष्टि हुनेमा बनेपा नगरपालिकाका १४ जना, पनौती नगरपालिकाका ६ जना, धुलिखेल नगरपालिकाका २ जना, मण्डनदेउपुर नगरपालिकाका १ जना, खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका १–१ जना रहेका छन् ।

यो सँगै काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ७७ पुगेको छ । ति मध्ये अस्पतालमा १४ र होम आईसोलेसनमा २ सय ६३ जना रहेका छन् । काभ्रे जिल्लामा ३६ जनाको कारोनाबाट मृत्यु भईसकेको डा. झाले जानकारी दिए ।

Facebook Comments Box