मंसिर १५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा थप एक जनाको कोरोना भाईरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिकाका एक ७० वर्षिय पुरुष रहेका छन् । उनको मध्यपुर ठिमि अस्पताल भक्तपुरमा मृत्यु भएको डा. झाले जानकारी दिए ।

यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
यस्तै आज जिल्लामा ३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यसैगरी २८ जना निको भएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६, बनेपाका १०, पाँचखालबाट ४, पनौतीबाट ५, बेथानचोकबाट ४, मण्डनदेउपुरबाट ५ र रोशीबाट १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय १२ पुगेको छ । निको हुनेको संख्या २६ सय २ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७३ जना रहेको छ ।

Facebook Comments Box