मंसिर १६,
२०७७,काभ्रे/

प्रारम्भिक साक्षरता र गणित कार्यक्रम सम्बन्धि १० दिनको पुनर्ताजगी तालिम भकुण्डेबेशीमा सम्पन्न भएको छ । रोशी गाउँपालिकाको सहयोगमा नाङ्शाल एशोसियसन नेपालद्धारा सञ्चालित प्रारम्भिक साक्षरता गणित कार्यक्रम हाल रोशी गाउँपालिकाको ३० ओटा बालविकास केन्द्रहरुमा सञ्चालन भईरहेको छ ।

कार्यक्रमको समापन सत्रमा बोल्दै नाङ्शाल एशोसियसन नेपालका अध्यक्ष दिनेश लामाले शिक्षा र बालबालिकाको क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले यस संस्थाले कार्य गर्दै आएको बताए । ‘कार्यक्रम लागू भएको विद्यालयहरुले उपलब्धि मूलक ढंगले कार्य गर्दै आउनुभएको र आगामी दिनमा पनि यस तालिमबाट थप सहयोग पुग्ने अपेक्षा राखेको छु’ उनले बताए ।

त्यसैगरी रोशी गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले घर बालियो जगले राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मूल नारालाई सार्थक बनाउन रोशीको बालविकास केन्द्रहरुमा यो कार्यक्रम सञ्चालन गरेको बताए । बालशिक्षा शिक्षकहरुको सीप र क्षमताको अभिवृद्धि गर्दै बालबालिकाको सिकाईमा अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम अगाडि बढेको बताए ।

समापन समारोहमा नाङ्शाल एशोसियसन नेपालका कार्यकारी निर्देशक गुणराज मोक्तान, सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्रका तालिम अधिकृत दीपा खर्कवालको समभागिता रहेको थियो ।

Facebook Comments